काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्य प्रतिकुलताको कारण उनै बैठकमा उपस्थित नहुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ ।
यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ ४ गते हुने
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु