माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, १३ : २१
माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक अनिश्चितकालका लागि स्थगित भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने भएकाले बैठक स्थगित भएको उनले बताए ।  मंगलबार बसेको पदाधिकारी बैकठकले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेर सरकार अधिनायकवादी तथा निरङ्कुशतातर्फ अगाडि बढ्न खोजेको निष्कर्ष निकालेको थियो । 
 

 

प्रतिक्रिया दिनुहोस