नेपालगञ्जबाट सुरु भयो लकडाउन !

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १३ : ४६
नेपालगञ्जबाट सुरु भयो लकडाउन !

काठमाडौँ । नेपालमा कोभिड १९ को दोस्रो लहर फैलिएसँगै नेपालगञ्जबाट लकडाउन सुरु भएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन गरेको छ । 

वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको छ । 

नेपालगञ्जका अस्पतालहरु कोरोनाका बिरामीहरुले भरिएपछि सो क्षेत्रमा लकडाउन गरिएको हो । लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने नेपालगञ्ज प्रहरी प्रशासनले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति 


 

प्रतिक्रिया दिनुहोस