वाग्मती । जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ । यस्तै न्यायाधीश कमलराज विष्टका इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो । यसै गरी न्यायाधीश मनोज श्रेष्ठका इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो ।
न्यायाधीश सीता शर्मा अधिकारीका इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए। यस्तै जिल्ला अदालत मकवानपुरको इजलासमा आज लागि १९ मुद्दाको पेशी तोकिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ बैशाख २०७८, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा
सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस