वाग्मती । जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ । यस्तै न्यायाधीश कमलराज विष्टका इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो । यसै गरी न्यायाधीश मनोज श्रेष्ठका इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो ।
न्यायाधीश सीता शर्मा अधिकारीका इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए। यस्तै जिल्ला अदालत मकवानपुरको इजलासमा आज लागि १९ मुद्दाको पेशी तोकिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ बैशाख २०७८, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
रवि लामिछानेको मुद्दामा सुनुवाइ सुरू
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा