भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०६ : ४२
भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?


काठमाडौं : नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती निभाउनु  परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए । बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए । आजको नागरिक दैनिकको  पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस