४७  हजार  जनाले पहिलो दिन लगाए कोरोना विरुद्धको दोस्रो खोप

पत्रपत्रिकाबाट

बुधबार, ०८ बैशाख २०७८, ०७ : ४४
४७  हजार  जनाले पहिलो दिन लगाए कोरोना विरुद्धको दोस्रो खोप

काठमाडौं । मुलुकभर  ४७  हजार  जनाले   कोरोना   (कोभिड–१९)   विरुद्धको   दोस्रो   खोप  लगाएका  छन्  ।  मङ्गलबारदेखि  सुरु  भएको  दोस्रो   खोप   लगाउने   कार्यक्रमअन्तर्गत   पहिलो   दिनमै  सो  सङ्ख्याले  खोप  लगाएको  स्वास्थ्य  तथा   जनसङ्ख्या   मन्त्रालय   परिवार   कल्याण   महाशाखा,  खोप  शाखा  प्रमुख  डा.  झलक  गौतमले  जानकारी दिए । 

 प्रमुख गौतमले यो मङ्गलबार साँझसम्मको तथ्याङ्क भएकाले दोस्रो मात्राको खोप लगाउनेको सङ्ख्या अझै बढ्ने स्पष्ट पारे ।  गत माघ १४ गतेदेखि फागुन २० गतेसम्म पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा खोप लगाइएका हुन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस