माओवादी केन्द्र चुनावको पक्षमा

पत्रपत्रिकाबाट

बुधबार, ०८ बैशाख २०७८, ०६ : ४२
माओवादी केन्द्र चुनावको पक्षमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले संविधानतः हुने निर्वाचनबाट  आफ्नो   पार्टी नभाग्ने  जनाएको  छ  ।  

Yeti Diistillery Tansen Cement box

पार्टी  प्रवक्ता  नारायणकाजी  श्रेष्ठले  आफ्नो  पार्टी  चुनावको  पक्षमा  रहेको  तर  त्यो  संविधानतः हुनुपर्नेमा  जोड  दिएको  बताए । उनले माओवादी केन्द्रको  

अहिलेको  मुख्य  ध्यान  चुनावभन्दा पनि संविधान  र लोकतन्त्रको रक्षाका लागि रहनेसमेत बताए । 

पार्टी  स्थायी  कमिटीको  मङ्गलबार  बसेको  बैठकले  छवटा  कार्यसूची  बनाएको  पनि  उनले  जानकारी  दिए । उनका  अनुसार  विधान  संशोधन,सङ्गठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन लगायतका विषयमा कार्यसूची तय  गरिएको  छ , गोरखापत्रले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस