काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु निर्मल निवासस्थित निवासमै आरामरत रहेका छन् । उनीहरुमा गरिएको कोरोना परीक्षणमा मंगलबार संक्रमण पुष्टि भएको थियो ।
पूर्वाराजाका संवाद सचिव फणि पाठकले भारत भ्रमणबाट नेपाल फर्किएपछि कोभिड पिसिआर परीक्षण गर्दा दुबै जनामा रिपोर्ट पोजेटिभ देखिएको बताए ।
केही दिनअघि मात्रै शाह भारत हरिद्वारमा आयोजित कुम्भमेलमा सहभागी भएर स्वदेश फर्किएका थिए । कुम्भ मेलामा सहभागी कयैनमा कोरोना संक्रमण पुष्टि भएको समाचारहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल
राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...