कम्युनिस्ट नेतृत्वको चिनीयाँ मोडलः चीनमा हटेपछि नेपालमा पनि रहेन

पत्रपत्रिकाबाट

शनिबार, १७ चैत्र २०७४, ०६ : ३४
कम्युनिस्ट नेतृत्वको चिनीयाँ मोडलः चीनमा हटेपछि नेपालमा पनि रहेन


कम्युनिस्ट पार्टीमा मूल नेतृत्वले आजीवन पद नछाड्ने परम्परा  

काठमाडौं : नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर  र कार्यकालको समयसीमा हटाउने भएका छन् ।

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको विधानको मस्यौदामा सक्रिय राजीनतिको उमेर ७० बर्ष र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था थियो ।

तर अहिले यी दुवै विषय हटाइएको छ (चीनमा पनि हालै कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था हटाइएको छ) पार्टी राजनीतिमा नयाँ मानिसको प्रवेश कम र नेतृत्वको सहज बहिर्गमन नभएका कारण एमाले र माओवादी दुवैको संगठन मादलजस्तो बनेको टिप्पणी हुँदै आएको छ ।

एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल र नवौं महाधिवेशनबाट ७० बर्ष उमेरहदको विषयलाई लागू गरेको थियो । सत्तरी बर्षको व्यवस्था तीन बर्षभन्दा बढी टिक्न सकेन । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा मुख्य खबर छ ।

संसारभरका कम्युनिस्ट पार्टीमा मूल नेतृत्वले आजीवन पद नछाड्ने परम्परा छ । नेपालमा कम्युनिस्ट पार्टीले पनि यो परम्परालाई निरन्तरता दिएका छन् । वैशाख पहिलो साता ८४ लाग्ने नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह २०३१ देखि निरन्तर नेतृत्वमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४६ देखि नेतृत्वमा छन् । एमाले नेतृत्व पहिलो पुस्तामा केन्द्रित छ । झापा विद्रोह, केन्द्रीय कोअर्डिनेसन केन्द्र, नेकपा माले, नेकपा एमालेसम्म आइपुग्दा पाँच जना नेताले नेतृत्व गरेका छन् । झलनाथ खनाल, सिपी मैनाली, मदन भण्डारी, माधव कुमार नेपाल हुँदै अहिले एमाले नेतृत्व केपी शर्मा ओलीमा छ ।

प्रतिक्रिया दिनुहोस