काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । यात्रुबाहक बसमा लागुऔषध लिएर काठमाडौं नाका छिरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा नगराजपुर गाउपालिका -४ का २५ वर्षीय सुनिलकुमार यादव र मोरङ रंगेली नगरपालिका-८ का २६ वर्षीय सुमन भण्डारी छन्।
दुबैलाई नागढुंगाबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो। उनीहरू छुट्टाछुट्टै बसमा लागुऔषध लिएर काठमाडौं आइरहेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ना८ख ८००२ र ना७ख ७७३० नम्बरको यात्रुबाहक बसमा आउँदै थिए।
ती बस विराटनगरबाट छुटेका थिए। बसबाट लागुऔषध डाइजेपाम, फनरागन, नुफिन ७४३ एम्पुल र नाइट्रोभेट ट्याबलेट १४३ थान बरामद भएको परिसरले जनाएको छ।
दुबैलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०७ बैशाख २०७८, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ