काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । यात्रुबाहक बसमा लागुऔषध लिएर काठमाडौं नाका छिरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा नगराजपुर गाउपालिका -४ का २५ वर्षीय सुनिलकुमार यादव र मोरङ रंगेली नगरपालिका-८ का २६ वर्षीय सुमन भण्डारी छन्।
दुबैलाई नागढुंगाबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो। उनीहरू छुट्टाछुट्टै बसमा लागुऔषध लिएर काठमाडौं आइरहेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ना८ख ८००२ र ना७ख ७७३० नम्बरको यात्रुबाहक बसमा आउँदै थिए।
ती बस विराटनगरबाट छुटेका थिए। बसबाट लागुऔषध डाइजेपाम, फनरागन, नुफिन ७४३ एम्पुल र नाइट्रोभेट ट्याबलेट १४३ थान बरामद भएको परिसरले जनाएको छ।
दुबैलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०७ बैशाख २०७८, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ