हवाइ भाडा बढ्यो, कहाँको कति ?

पत्रपत्रिकाबाट

मंगलबार, ०७ बैशाख २०७८, ०८ : १३
हवाइ भाडा बढ्यो, कहाँको कति ?

काठमाडौं । नेपाल आयल निगमले  हवाई  इन्धनको  मूल्य  बढाएपछि आन्तरिक  वायुसेवा  प्रदायकहरूले  पनि इन्धन  शुल्क  बढाएका  छन्।  यससँगै हवाई यात्रुहरूले अबदेखि    बढेको भाडादर  तिर्नुपर्नेछ ।

 निगमले  वैशाख  ४ गते  हवाई  इन्धनमा  प्रतिलिटर  दुई  रुपियाँ मूल्य बढाउने निर्णय गरेको थियो। हवाई इन्धनको मूल्यमा हुने घटबढका आधारमा इन्धन शुल्क   पनि   ‚वचालित   गर्ने प्रणालीअनुसार शुल्क बढाइएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ।

सङ्घका   अनुसार   इन्धन   शुल्क हवाई रुटअनुसार न्यूनतम १० रुपियाँदेखि अधिकतम ८५ रुपियाँसम्म बढेको छ।  नियमित  रुटतर्फ  सबैभन्दा  कम काठमाडौँदेखि  सिमरा  १५  रुपियाँ  शुल्क बढेको  छ।  सबैभन्दा  बढी  काठमाडौँ–धनगढी रुटमा ८५ रुपियाँ बढेको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस