काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी, पूर्वमन्त्री एवं तत्कालीन काठमाडौं नगरपालिकाका मेयर प्रयागराज सिंह सुवालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सुवालको यही वैशाख ५ गते ९३ वर्षको उमेरमा काठमाडौँको झोंछे ओमवहालस्थित आफ्नै निवासमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत सुवालको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
स्व सुवालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्नुभएको छ । सुवालका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ बैशाख २०७८, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा