पोखरा क्षेत्रका विद्यालय तत्काल बन्द नहुँने

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १३ : ४१
पोखरा क्षेत्रका विद्यालय तत्काल बन्द नहुँने

पोखरा । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच विद्यालय बन्द नगर्ने सहमतिबमोजिम तत्काल पोखरा महानगरभित्रका विद्यालय बन्द नहुने भएको हो ।

दिन प्रतिदिन कोरोना संक्रमण वृद्धि भएपछि सवै भन्दा बढी संक्रमण विद्यालयमा देखिएको भन्दै सरकारले शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर, पोखरा क्षेत्रका विद्यालय भने तत्काल बन्द नगर्ने सहमति भएको हो । छलफलमा तत्काल विद्यालय बन्द नगर्ने र कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परीक्षा यही बैशाख महिना भित्र सम्पन्न गरिसक्ने निर्णय भएको छ । 

पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहितका सरोकारवालाहरुबीच भएको बैठकले विद्यालयमा आउने समस्याका आधारमा बन्द गर्ने वा नगर्ने भन्ने निर्णय भने स्वयं विद्यालयले गर्ने निर्णय भएको महानगर शिक्षा प्रमुख हेम आचार्यले जानकारी दिए । उनले सवै विद्यालयहरूले परीक्षा बैशाख महिना भित्रै लिइसक्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस