संक्रमणदर १९ प्रतिशत पुग्यो, कुन उमेर समूहका धेरै ?

पत्रपत्रिकाबाट

सोमबार, ०६ बैशाख २०७८, ०७ : १८
संक्रमणदर १९ प्रतिशत पुग्यो, कुन उमेर समूहका धेरै ?

काठमाडौं । कोरोना संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९६ अर्थात १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । कान्तिपुर दैनिक लेख्छ–केहीदितयता कोरोना संक्रमण बढ्दै गएको छ बुधबार संक्रमणदर १२.७२, बिहीबार१२.८६,  र शुक्रबार १४.६१ प्रतिशत थियो ।

 समाचारमा संक्रमण सबैभन्दा धेरै २०–४० वर्ष उमेर समूहमा देखिएको पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस