काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वदलिय बैठक बोलाएका छन । बैठक आज ११ प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बालुवाटार श्रोतले जनाएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारी लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेका थिए । ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएपछि सभापति शेरबहादुर देउवाले पहल लिइरहेका प्रधानमन्त्री ओलीले यो बैठक डाकेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली