तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् :अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, ११ : २८
तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् :अध्यक्ष प्रचण्ड

file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा तानाशाही र निरंकुश शक्ति पूरै परास्त नभएको बताएका छन् । वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै राष्ट्रहितविपरीतका गतिविधिहरू भइरहेको आरोप लगाए। यसबाट नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको उनको टिप्पणी छ ।

उनले भने ,' हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्धकी राख्ने, राष्ट्रहितविपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरू लागेका खबर आएका छन् । यसले नेपाली जनताको इज्जत, प्रतिष्ठा र आत्मसम्मान तथा राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ ।’प्रचण्डले सचेत र स्वस्थ, बलिष्ठ नेपाली जनतालाई यी सबै षडयन्त्र स्वीकार्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस