काठमाडौं । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन अर्थात् बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने प्रति तोला एक हजार २९० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ३० रुपैयाँले वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?