काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।काठमाडौंको माकलबारीमा बा ७० प ८९८ नम्बरको मोटरसाइकल सडक किनारको पोलमा ठोक्किएर दुर्घटना हुँदा अत्तरखेल बस्ने सिरहाका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको हो ।
नारायणटारबाट माकलबारीतर्फ जाँदै गर्दा उनी गएराति पौने दुई बजेतिर दुर्घटनामा परेका थिए । उनको मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी भक्तपुरको राधेराधे नजिक बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको धुलिखेल नगरपालिका १० का ३२ वर्षीय महेश शाह ठकुरीको मृत्यु भएको छ ।
बुधबार राति पौने १० बजेतिर सडक किनारको रेलिङमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पछाडि सवार ठकुरीको मृत्यु भएको हो । उनको थिमिस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु