काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।काठमाडौंको माकलबारीमा बा ७० प ८९८ नम्बरको मोटरसाइकल सडक किनारको पोलमा ठोक्किएर दुर्घटना हुँदा अत्तरखेल बस्ने सिरहाका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको हो ।
नारायणटारबाट माकलबारीतर्फ जाँदै गर्दा उनी गएराति पौने दुई बजेतिर दुर्घटनामा परेका थिए । उनको मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी भक्तपुरको राधेराधे नजिक बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको धुलिखेल नगरपालिका १० का ३२ वर्षीय महेश शाह ठकुरीको मृत्यु भएको छ ।
बुधबार राति पौने १० बजेतिर सडक किनारको रेलिङमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पछाडि सवार ठकुरीको मृत्यु भएको हो । उनको थिमिस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते