जहाज उडाउन अंग्रेजी जानेका चिनीयाँ क्याप्टेन ल्याइँदै

पत्रपत्रिकाबाट

शुक्रबार, १६ चैत्र २०७४, ०८ : ०५
जहाज उडाउन अंग्रेजी जानेका चिनीयाँ क्याप्टेन ल्याइँदै

नेपाली क्याप्टेनलाई भन्दा १ हजार डलर बढी तलब

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनीयाँ जहाज वाई १२ इ उडानको लागि ३ चिनीयाँ क्याप्टेन ल्याउने भएको छ ।

हाल निगमसँग ४ थान जहाजका लागि दुई जना मात्रै क्याप्टेन रहेका थिए । जसमा एकजना भने अझै बिरामी छन् । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

निगमले नेपाली क्याप्टेनभन्दा १ हजार अमेरिकी डलर बढी तिरेर चिनीयाँ क्याप्टेन ल्याउन लागेको हो ।

निगमले एकजना चिनीयाँ क्याप्टेनको लागि ८ हजार अमेरिकी डलर मासिक तलब दिने गरी सहमति गरेको छ ।

समाचारमा लेखिएको छ, वाई १२ इ जहाज उडान गर्ने नेपाली क्याप्टेनले ७ हजार डलर पाउँदै आएका छन् ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ती चालकलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

विगतमा अंग्रेजी बोल्न नजान्ने पाइलट चिनीयाँ पक्षले उपलब्ध गराउँदा समस्या भोगेको निगमले यसपटक भने अंग्रेजी भाषा जानेका पाइलट ल्याउन लागेको कंसाकारले बताए ।

प्रतिक्रिया दिनुहोस