काठमाडौं। सरकारले आज जनस्वास्थ्यका नयाँ मापदण्ड ल्याउने भएको छ । मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको हुनाले सरकारले देशवासीलाई सुरक्षित राख्नको लागि स्वास्थ्यका नयाँ मापदण्ड ल्याउन लागेको हो ।
स्वास्थ्यको जोखिम निम्त्याएको ठहर गर्दै सरकारले नयाँ मापदण्ड जारी गर्ने र सो मापदण्डलाई पालना गर्न सबैमा अपिल गर्ने जनाएको छ । नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले देशवासीलाई अपिल गर्नेछ ।
सरकारले पहिलो चरणमा स्वास्थ्यको मापदण्डबारे देशवासीलाई अपिल गर्ने र देशवासीलाई मापदण्डको पालना गर्न लगाउने निर्णय गरेको छ । यति गर्दा पनि पुगेन भने सरकार लकडाउन गर्ने मनस्थितिमा पुग्नेछ । तर तत्काल लकडाउन गर्ने मनस्थितिमा सरकार छैन ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पनि तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपिल गर्न सरकार लागेको हो ।
उप–प्रधानमन्त्री एवं सीसीएमसी संयोजक ईश्वर पोखरेलले सरकारका तर्फबाट देशवासीलाई आज सार्वजनिक संचारमाध्यममार्फत् स्वास्थ्य मापदण्डको पालनाबारे अपील गर्नेछन्। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उपप्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपील गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ चैत्र २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल