गर्भवती अवस्थामा धेरै सुत्ने गर्नुहुन्छ ? थाहा पाउनुहोस् धेरै सुत्नाले गर्भवती महिलाका लागि हुन्छ यस्तो खतरा

एजेन्सी

मंगलबार, ३१ चैत्र २०७७, ११ : ०७
गर्भवती अवस्थामा धेरै सुत्ने गर्नुहुन्छ ? थाहा पाउनुहोस्  धेरै सुत्नाले  गर्भवती महिलाका लागि हुन्छ यस्तो खतरा

काठमाडौं । गर्भाधानको दौरान थकान महसुस हुनु सामान्य नै मानिन्छ । तर, गर्भवती महिलाले धेरै समय निदाउनु स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ । अमेरिकी अनुसन्धानकर्ताका अनुसार गर्भवती महिलाले हरेक दिन कुनै गडबढी ९ घण्टा सुत्नुपर्छ । 

चिकित्सकहरुले गर्भवती महिलाले पर्याप्त मात्रामा आराम गर्ने सल्लाह दिने गर्छन् । गर्भवती भएको अवस्थामा सही तरिकाले निन्द्रा पुर्याउन अत्यन्त आवश्यक छ । 

गर्भवती भएको अवस्थामा धेरै जसो महिलाहरु ७ देखि ९ घण्टासम्म सुत्ने गर्नुपर्छ । ९ घण्टाभन्दा बढी वा १० घण्टाभन्दा बढी सुत्ने बानीले शरीरलाई आराम दिलाउँछ ।

मस्तिष्कलाई उर्जावान् बनाउन, शरीरलाई नयाँ उर्जा दिन निन्द्रा आवश्यक छ । निन्द्रा नपुग्ने समस्याले स्वास्थ्यमा गम्भीर समस्या आउने गर्छ । 

गर्भवती भएको महिलालाई सुरुका पहिलो र तेस्रो महिनामा धेरै थकाई महसुस हुनु सामान्य हो । पहिलो तीन महिनामा रगत र प्रोजेस्टेरोनको मात्रा बढ्छ । जसले गर्दा निन्द्रा धेरै आउँछ । तेस्रो महिलासम्म बच्चाको तौल बढ्ने भएकाले धेरै निन्द्रा पनि लाग्छ । हर्मोनल र मनोवैज्ञानिक परिवर्तन पनि हुने भएकाले यो समयमा आराम त आवश्यक पर्छ । 

एक अनुसन्धानका अनुसार गर्भवती भएको तीन महिनासम्म अत्यधिक निन्द्रा लाग्छ । मिशिगन मेडिसीनको नयाँ अनुसन्धानका अनुसार हरेक राति ९ घण्टाभन्दा बढी सुत्ने बानीले गर्भपतन हुने सम्भावना रहन्छ । अनुसन्धानमा सहभागि महिलाहरुमा गरिएको अध्ययनमा १० घण्टाबढी निदाउने महिलालाई गर्भपतनको खतरा धेरै थियो । 

बर्थ पत्रिकामा प्रकाशित एक अध्ययनले निरन्तर लामो समय निदाउने महिलाहरुको गर्भपतन हुने सम्भावना हुन्छ । गर्भवती महिलाका लागि ७ देखि ८ घण्टा सुत्न आवश्यक छ । १० घण्टाभन्दा बढी लगातार निदाउँदा गर्भपतन हुने सम्भावना हुन्छ । 

प्रतिक्रिया दिनुहोस