विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १३ : ५९
विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

काठमाडौं । विश्व हिन्दु महासंघको कार्यालयमा गएराति चोरी प्रयास भएको छ । महासंघले कार्यालयमा तोडफोड भएको दावी गर्दै प्रहरीलाई खबर गरेपनि चोरीको प्रयास भएजस्तो देखिएको बताइएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले महासंघको बाँसबारीस्थित कार्यालयको ताला फोडिएको भेटिएको बताए । उनले गएराति चोरी गर्ने उद्देश्यले ताला फोडिएजस्तो देखिएपनि यसबारे थप अनुसन्धान भइरहेको बताए । 

महासंघका प्रतिनिधिले भने कार्यालयमा तोडफोड भएको दावी गरेका छन् । तर प्रहरीले ताला मात्रै फोडिएको र अरु केही क्षति भएको नदेखिएकाले चोरीको प्रयास मात्रै भएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको बताएको हो ।

 

प्रतिक्रिया दिनुहोस