लोक सेवा आयोगले खुलायो इन्जिनियरिङ सेवाको विज्ञापन

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १२ : ३२
लोक सेवा आयोगले खुलायो इन्जिनियरिङ सेवाको विज्ञापन

काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ ।सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो ।

परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले जनाएको छ । यसरी सिफारिस भएका उम्मेदवारहरुलाई सम्वन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिने छन् । उनीहरुको सेवाका सर्त र तलब तथा अन्य सुविधान प्रचलित कानून बमोजिम हुने छ ।

दरखास्त दिने म्याद २०७८ बैशाख १९ गतेसम्म छ । त्यसपछि दोब्बर दस्तुर बुझाएर बैशाख २६ गतेसम्म आवेदन फारम भर्न सकिने छ ।सहायकस्तर चौथो तहको खुलाको लागि ३ सय र समावेशी समूहका लागि प्रतिसमूह थप १५० रुपैयाँ परीक्षा शुल्क तोकिएको छ ।

सहायकस्तर पाँचौं तहको खुलाका लागि ४ सय र समावेशी समूहका लागि प्रतिसमूह थप २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।परीक्षा केन्द्र विराटनगरमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस