संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन

विहीबार, १५ चैत्र २०७४, १६ : ५९
संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन भएको छ ।

निर्वाचनपछि आज दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उहाँले सम्बोधन गर्नुभएको हो । बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गर्नुभएको थियो ।

संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउनुहुँदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गर्नुभएको थियो । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको छ भने बैठक कक्ष र राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र अध्यक्ष तिमल्सिनाको आशनलाई विशेष आकर्षक बनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस