काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका छन्।
१४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि थालेको छ। गत चैत २० को केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता देखाउने निर्णय गरेको थियो। यो विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताए ।
अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन्। बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ।
गत शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्ने विषयमा छलफल भएको थियो । पदाधिकारी बैठकमा नयाँ सरकार गठनको विषयमा पनि छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०७७, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !