काठमाडौं । मेलम्ची पानीको लिकेजले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा टाल्न एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ । पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गरिएकाले लिकेज हुने क्रम बढेको छ ।
यसले नयाँ कालोपत्रे सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डा भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ ।
‘खानेपानी वितरणमा तयारी नपुगेको देखिन्छ,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले भने, ‘लामो प्रतीक्षापछि आएको मेलम्चीको पानी रोक्ने कुरा भएन । तर पानी लिकेजकै कारण सडकमा खाल्डा थपिनु राम्रो होइन ।’ पाइप फुट्दा बनाउने र सडक मर्मत गर्ने काम सम्बन्धित निकायबाटै हुनुपर्ने उनको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २९ चैत्र २०७७, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
मेलम्ची खानेपानी वितरण बन्द