दालचिनी केवल मसला मात्र होइन, थाहा पाउनुहोस् यसमा पाइन्छ यी ११ औषधीय गुण

एजेन्सी

शनिबार, २८ चैत्र २०७७, ११ : ३८
दालचिनी केवल मसला मात्र होइन, थाहा पाउनुहोस् यसमा पाइन्छ यी ११ औषधीय गुण

काठमाडौं । हरेक भान्सामा गरम मसलाको रूपमा दालचिनी प्रयोग गरिन्छ । तर दालचिनी केवल मसला मात्र होइन यो उच्च गुणस्तरको औषधि समेत हो । दालचिनीमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल तत्व हुन्छ । के के औषधीय गुण छ त दालचिनीमा रु

१. आधा चम्चा दालचिनीको धुलो एक चम्चा महसँगै रोगीलाई खानाअघि दिनहु दिएपछि एक सातामा आर्थराइटिसको दुखाइमा कमी हुन्छ ।

२. नियमित दालचिनीको सेवनले कपाल झर्न रोक्दछ ।

३. दाँतको दुखाइमा राहत पाउन पनि दालचिनीको सेवन गर्न सकिन्छ ।

४. दालचिनीको सेवनले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

५. आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ ।

६. यसमा रगत जम्न नदिने गुण समेत पाइन्छ ।

७. अमेरिकाको कृषि विभागका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेका अध्ययन प्रतिवेदन अनुसार दालचिनीले रगतको क्यान्सर र ’लिम्फोमा’ क्यान्सर कोषको वृद्घलिाई कम गर्छ ।

८. दालचिनीको सेवनले रुघा समेत कम हुन्छ ।

९. वीर्यको गुणस्तर बढाउँन पनि दालचिनीको सेवन लाभदायी हुन्छ ।

१०. रोग प्रतिरोधक क्षमता बढाउँन र तौल घटाउँन पनि यसको सेवन लाभदायी हुन्छ ।

११. दालचिनीले पाचक रसको स्रावलाई समेत उत्तेजित गर्छ ।

प्रतिक्रिया दिनुहोस