जो साहुलाई ऋण तिर्ने नसकेर देश छोड्न बाध्य भए

सुजन अधिकारी

शनिबार, २८ चैत्र २०७७, ०७ : ५८
जो साहुलाई ऋण तिर्ने नसकेर देश छोड्न बाध्य भए

काठमाडौं । जाजरकोटको  भेरी  नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित   परिवार   साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई  घरबारी बुझाई सपरिवार  भारतमा विस्थापित भएका छन् ।

आफ्नो  खेतबारीमा  उत्पादन  भएको खाद्यान्नले   वर्षको   तीन महिना पनि खान नपुग्ने सो गाउँका कैयौँ दलित   समुदायले दैनिक गुजारा चलाउन साहुबाट ऋण लिनेगरेको र सो रकम तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।

कट्टी गाउँका १ सय २५ घरधुरीमध्ये  साहुबाट  लिएको  ऋण  तिर्न  नसक्दा  सो  गाउँका  वीरमान  विक, धर्मबहादुर   विक,   केशव   विक, कर्णबहादुर विकलगायत   अन्य     स्थानीयवासी  भारतमा विस्थापित भएको बताइएको छ । आफ्नो नाममा भएको जग्गालाई साहुकै नाममा नामसारी  गरेर उनीहरू परिवारसहित भारततर्फ गएका छन् । 

उनीहरूसँगै गाउँको जनज्योति आधारभूत विद्यालयमा  विभिन्न कक्षामा अध्ययनरत बालबालिकासमेत विद्यालयको पढाइ छोडेर अभिभावकसँगै भारत जानुपरेको दलित   अधिकारकर्मी पार्वती विकले बताइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस