कोरोना अपडेट : थपिए ३ सय ३२ जना नयाँ कोरोना संक्रमित

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १७ : १६
कोरोना अपडेट : थपिए ३ सय ३२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं ।। पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कूल संक्रमित संख्या १ लाख ७९ हजार १०० पुगेको छ ।

४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् । विहिबारसम्म सक्रिय संक्रमित संख्या २ हजार ४ सय ५४ पुगेको छ । २४ घण्टामा मृत्यु आँकडा प्राप्त भएको छैन ।सोही अवधीमा ७९ जना निको भएका छन् । ७५ जना देशभर क्वारेन्टिनमा रहेका छन् ।