काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताए ।
यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी” अभियानलाई अगाडी बढाएको राजदूत डेप्रेजलाई बताए । अध्यक्ष मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडि बढाइएका कार्यक्रम र परियोजनाहरुको बारेमा जानकारी गराएका छन् ।
आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिवन्ध हटाउनु पर्ने धारणा राखे ।
अध्यक्ष मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पु¥याई रहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गरेका छन् ।
त्यसैगरी भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्क मुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यस तर्फ सहयोग पुर्याउन राजदूत डेप्रेजलाई अनुरोध गरेका छन् ।सिप विकासबाटनै उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले प्राविधिक सिप विकासमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०७७, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निधि निवासमा छलफलमा जुटे कांग्रेसका इतर पक्षका ३ नेता
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी
ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए देशभरको सुरक्षा ब्रिफिङ
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल