काठमाडौं ।आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । हिजो मंगलबार तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ५ सय रुपैयाँले बढेर तोलाको ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य बढेको थियो ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ७७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?