ठूलो संख्यामा सहसचिवको हेरफेर (कसको कहाँ सरुवा ?)

पत्रपत्रिकाबाट

बुधबार, २५ चैत्र २०७७, ०६ : ४०
ठूलो संख्यामा सहसचिवको हेरफेर (कसको कहाँ सरुवा ?)

काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले योग्यता, दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन राइट प्लेस’को नीतिका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार सरुवा तथा पदस्थापन भएकाहरूमा हालै सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरीप्रसाद अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

यसैगरी अतिरिक्त समूहमा रहेका थानप्रसाद पंज्ञेनी, अच्युतप्रसाद सिवाकोटी, उमाकान्त आचार्य, ईश्वरीप्रसाद अर्याल, बाबुराम सुवेदी, विश्वप्रसाद अर्याल र महेश भट्टराईलाई अर्थ मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस