तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १८ : २३
तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ । अर्थ मन्त्रालयले तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले आइतबार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखसहित तीन सहसचिवहरूको अदली बदली गरेका हुन् ।

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याइएको छ । सो महाशाखा प्रमुख रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । 

उनका अनुसार, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाइएको छ । यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रूपमा काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस