चार सहसचिव सचिवमा बढुवा

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०८२, १३ : ३०
चार सहसचिव सचिवमा बढुवा

काठमाडौँ । चार सहसचिव सचिवमा बढुवाका लागि सिफारिस भएका छन् । न्याय सेवातर्फ दुई महिला सहसचिवसहित चार जना एकसाथ सचिवमा बढुवाका लागि सिफारिस भएका हुन ।

सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो ।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरूपण तथा मेलमिलाप आयोगमै रहनेछिन् । उनी बढुवाको सिफारिस हुनुअघि कामुको जिम्मेवारीमा थिइन् ।

निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव इन्दिरा नेपाल कानून आयोगमा सिफारिस भएकी हुन् । जसमा सर्वोच्च अदालतका सहरजिष्ट्रार मानबहादुर कार्की रजिष्ट्रारमा, महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता सूर्यराज दाहाल सचिव बढुवा भएर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस