चितवन । नेकपा एमाले माधव नेपाल समुहले चितवन जिल्लाको पार्टि अध्यक्षको जिम्मेवारी तेजेन्द्र खड्कालाई दिएको छ ।
माघव नेपाल समुह बाट निर्वाचित जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल केपी ओली समुहमा गएपछि नेपाल समुहले खड्कालाई पार्टिको जिल्ला अध्यक्ष बनाएको हो । पोखरेल अध्यक्ष रहँदा खड्का पार्टिको जिल्ला सचिव थिए ।
केपी ओलीको प्रतिगमनका बिरुद्ध कडा रुपमा प्रस्तुत भएका पोखरेल सर्बोच्चले नेकपा एमाले र माओवादी ब्युताँएपछि भने ओली समुहकै एमालेमा गएका हुन । ओली समुहमा गएपनि कृष्णभक्तलाई जिल्ला अघ्यक्ष स्वकार गर्ने नसकिने ओली समुहका एक जिल्ला नेताले बताए ।
हिजो दुख पर्दा केपी ओलीको विरोघमा लाग्ने लाई आज अवसरको खोजीमा समुह परिवर्तन गर्दैमा नेता मान्न नसकिने भनी बताए । यस अघि चैत २१ गते ओली समुहले मदननगर पार्टी कार्यालयमा पार्वती रावलको अघ्यक्षतामा गरेको कार्यक्रममा पोखरेल सहभागी भएका थिए ।
पोखरेललाई नेकपा एमालेको संसदको रुपमा मात्रै आसनग्रहण गराईएको थियो । यसरी नेकपा एमालेका प्रभावशाली नेता मानिने पोखरेललाई दुवै समुहले अघ्यक्षबाट औपचारिक रुपमा नै हटाएका छन् ।
देशैभर एमालेको समानान्तर संरचना बनाउने अभियान तिव्र बनाएको नेपाल समुहले चितवनमा पार्टीको नयाँ संरचना बनाएको हो । जिल्लाको इन्चार्जमा भने कृष्ण खनाललाई यथावत राखिएको छ । उनी नेकपा एक हुदाँ समते पार्टीको जिल्ला इन्चार्ज थिए । ओली समुहले भने जिल्लामा पार्वती रावललाई अध्यक्ष तोकेर पार्टी गतिविधि गरिरहेका छन । यो समुहको सचिवमा बादल समुहबाट आएका प्रकाश खनाल शैलेश छन ।
चितवनसँगै माधव समुहले बागमती प्रदेशका सबै जिल्लामा पार्टीको नयाँ संरचना बनाएका छन । काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् ।
त्यस्तै काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिएका छन् । ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहेका छन् ।
मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ । भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् । रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन् ।
सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् । सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन् ।
रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन् । धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०७७, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)