एमाले चितवन(माघव समुह)को अघ्यक्षमा तेजेन्द्र खड्का

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, २१ : १४
एमाले चितवन(माघव समुह)को अघ्यक्षमा तेजेन्द्र खड्का

चितवन । नेकपा एमाले माधव नेपाल समुहले चितवन जिल्लाको पार्टि अध्यक्षको जिम्मेवारी तेजेन्द्र खड्कालाई दिएको छ ।

माघव नेपाल समुह बाट निर्वाचित जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल केपी ओली समुहमा गएपछि नेपाल समुहले खड्कालाई पार्टिको जिल्ला अध्यक्ष बनाएको हो । पोखरेल अध्यक्ष रहँदा खड्का पार्टिको जिल्ला सचिव थिए । 

केपी ओलीको प्रतिगमनका बिरुद्ध कडा रुपमा प्रस्तुत भएका पोखरेल सर्बोच्चले नेकपा एमाले र माओवादी ब्युताँएपछि भने ओली समुहकै एमालेमा गएका हुन । ओली समुहमा गएपनि कृष्णभक्तलाई जिल्ला अघ्यक्ष स्वकार गर्ने नसकिने ओली समुहका एक जिल्ला नेताले बताए ।

हिजो दुख पर्दा केपी ओलीको विरोघमा लाग्ने लाई आज अवसरको खोजीमा समुह परिवर्तन गर्दैमा नेता मान्न नसकिने भनी बताए । यस अघि चैत २१ गते ओली समुहले मदननगर पार्टी कार्यालयमा पार्वती रावलको अघ्यक्षतामा गरेको कार्यक्रममा पोखरेल सहभागी भएका थिए ।

पोखरेललाई नेकपा एमालेको संसदको रुपमा मात्रै आसनग्रहण गराईएको थियो । यसरी नेकपा एमालेका प्रभावशाली नेता मानिने पोखरेललाई दुवै समुहले अघ्यक्षबाट औपचारिक रुपमा नै हटाएका छन् ।

देशैभर एमालेको समानान्तर संरचना बनाउने अभियान तिव्र बनाएको नेपाल समुहले चितवनमा पार्टीको नयाँ संरचना बनाएको हो । जिल्लाको इन्चार्जमा भने कृष्ण खनाललाई यथावत राखिएको छ । उनी नेकपा एक हुदाँ समते पार्टीको जिल्ला इन्चार्ज थिए । ओली समुहले भने जिल्लामा पार्वती रावललाई अध्यक्ष तोकेर पार्टी गतिविधि गरिरहेका छन । यो समुहको सचिवमा बादल समुहबाट आएका प्रकाश खनाल शैलेश छन ।

चितवनसँगै माधव समुहले बागमती प्रदेशका सबै जिल्लामा पार्टीको नयाँ संरचना बनाएका छन । काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् ।

त्यस्तै काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिएका छन् । ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहेका छन् ।

मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ । भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् । रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन् ।

सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् । सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन् ।

रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन् । धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहेका छन् ।