नेपालीले भत्काइदिए भारतले बनाएको पुल

पत्रपत्रिकाबाट

विहीबार, १५ चैत्र २०७४, ०६ : ५७
नेपालीले भत्काइदिए भारतले बनाएको पुल

दार्चुला : भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन् ।

गत फागुनमा भारतले नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

भारतले सडक निर्माण समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ वटा पुर र हेभी इक्विपमेन्ट गुड्ने करिब डेढ सय मिटर ट्रयाक बनाएको थियो । समाचारमा लेखिएको छ, उसले सोही क्षेत्रमा दुई किलोमिटर पैदल मार्गसमेत निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस