कैलाली । नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ । सोमबारदेखि धनगढीमा सुरु भएको प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो । समानान्तर कमिटी नेपाल पक्षिय नेताभीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ ।
सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने भनिएको छ । मङ्गलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी एक नेताले बताए । ‘सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्किन भनेपछि हामीले जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी गरेका छौँ’ रावलले भनेका छन् ‘त्यो बेलामा रहनु भएका पदाधिकारीहरू अहिले नभए नयाँले जिम्मेवारी पाउनु हुन्छ ।’
९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने समेत उनले स्पष्ट पारे । सोमबार एमाले माधव समूहका जिल्ला अध्यक्षहरूले पछिल्लो बस्तुस्थितिबारे जानकारी गराएका थिए । एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि देखिएको अन्तर्विरोध अन्त्य गर्न समेत उनीहरूले नेतृत्वलाई सुझाव दिए । केही दिनअघि एमालेले माधव समूह रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर उक्त स्थानमा संस्थापन पक्षकाहरुले जिम्मेवारी पाएका थिए ।
जिल्लामा जिम्मेवारीविहीन भएका अध्यक्षहरूले उक्त निर्णय नमान्ने बताए । नेता रावलले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने बताएका थिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेका छन् । नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०७७, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि