भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढायो

पत्रपत्रिकाबाट

विहीबार, १५ चैत्र २०७४, ०६ : ४९
भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढायो

काठमाडौं : भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, भारतले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।

भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ (६.३६ रुपैयाँ) बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ ।

नेपाल विद्युत प्रासधकरणले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको  छ ।

प्रतिक्रिया दिनुहोस