गत साता महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका ७ बालिका÷किशोरी हराएको भोलिपल्ट सीमावर्ती भारतीय बजार सीतामढीमा फेला परे।
तर यसरी हराएका सबै बालबालिका फेला पर्दैनन्। हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन्।
तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन्।
यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउने र जसमध्ये करिब आधा फेला नपर्ने गरेको खबर कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ चैत्र २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा
निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन