संसदभवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलितः संसद हाताभित्र सेकुवा र मद्यपान गराएको आरोप

पत्रपत्रिकाबाट

विहीबार, १५ चैत्र २०७४, ०६ : ४६
संसदभवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलितः संसद हाताभित्र सेकुवा र मद्यपान गराएको आरोप

काठमाडौं : बानेश्वरस्थित संघीय संसद भवनमा कार्यरत कर्मचारीले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यविरुद्ध आन्दोलन चर्काएका छन् ।

कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख अमात्यविरुद्ध आन्दोलन चर्काएका हो ।

चैत ६ गतेदेखि आन्दोलन जारी छ । आजको नागरिक दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, संगठनका अध्यक्ष छलरामप्रसाद पौड्यालका अनुसार कार्यालय प्रमुखले सवारी साधन दुरुपयोग गरेको, जिन्सी सामान कौडीको भाउमा बेचेको र अनाधिकृत व्यक्तिलाई आवास क्षेत्र दिएकाले आन्दोलन गर्नुपरेको बताए ।

पौडेलले भने,

-गरिमामय संसदभित्रको धार्मिक महत्वका वरपिपल र रुद्राक्षलगायत रुख काटेको, संसद हाताभित्र नै मासु, सेकुवा र मद्यपान गराउनेदेखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गर्नुपरेको हो ।

-संसदलाई मर्यादित नबनाएसम्म कर्मचारीको आन्दोलन जारी रहनेछ ।

-चैत १५ गते  बिहीबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारी सम्बोधनका लागि आउने भएकाले एक दिन आन्दोलन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस