काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारमाथि लागेका आरोपहरूको खण्डन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् । उनले सरकारले विकास निर्माणका काम अघि बढाएको, राष्ट्रिय स्वाधीनतालाई उच्च बनाएको भन्दै चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको भन्दै प्रश्न गरे ।
सोमबारको प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले संसदमा सरकार, विकास र राजनीतिक जटिलताका बारेमा उठेका प्रश्नहरुको सरकारका तर्फबाट बचाउ गरेका हुन् ।
उनले केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रीत भएको भन्दै विकास निर्माण र राष्ट्रिय स्वाभिमानका एजेण्डा नबनेको बताए ।
‘यसरी काम गर्न खोज्दा पनि माखोल उडाउन खोजिन्छ र खुसी व्यक्त गर्न सकिँदैन भने म एउटा प्रश्न गर्न चाहन्छु । आखिर नेपालका राजनीतिक पार्टीहरू के चाहान्छन् । उनको विकासको एजेण्डा के हो ? राजनीतिक मुद्दा के हो ? जनताका बीचमा के भनेर जान चाहेको हो ? स्पस्ट हुनुपर्छ’, बाँस्कोटाले प्रश्न गरे । उनले एजेण्डा विहीन नेतृत्वले केही गर्न नसक्ने भन्दै विरोधका लागि विरोध गर्दा सही गन्तव्यमा पुग्न नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०७७, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा