ताइवान रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी

शनिबार, २१ चैत्र २०७७, १० : ३०
ताइवान रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो

ताइवान । ताइवानमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । शुक्रबार स्थानीय समयअनुसार बिहान ९ बजे दुर्घटनामा परेको रेलमा ५ सय जना यात्रु सवार थिए । दुर्घटनामा केही घाइते भएका छन् । 

दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा गुडिरहेको रेलले ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएर भएको बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार हालसम्म १०० भन्दा बढी यात्रुको उद्धार गरिएको छ । भने अझै मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । 

स्थानीय सञ्चार माध्यमले रेल चालकको समेत मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस