काम गर्दागर्दै अचानक पोल्यो ? यसरी गर्नुहोस् घरमै उपचार

एजेन्सी

शुक्रबार, २० चैत्र २०७७, १० : ५७
काम गर्दागर्दै अचानक पोल्यो ? यसरी गर्नुहोस् घरमै उपचार

काठमाडौं । भान्छामा काम गर्दा कहिले कहीँ तातो भाँडामा हात पर्दा , कहिले खाना चलाउँदा बाफले पोल्छ भने कहिले तेलको छिट्टा परेर अथवा अन्य कामहरु गर्दा पनि पोल्छ । तर यस्ता साधारण पोलेको घाउको उपचारको लागि हाम्रो घरेलु उपचारबाट नै निको पर्न सकिन्छ । जसले गर्दा कुनै साइड इफेक्ट पनि हुँदैन । तसर्थ जानौ साधारण पोलेको घाउमा घरेलु उपचारका निको पर्ने टिप्सहरु :

१. पोलेको घाउमा सबैभन्दा सस्तो र राम्रो औषधी भनेकै आइस हो । पोलेको घाउमा आइस लगाउँदा जलन र सुन्निन कम गर्नुको साथै पोलेको दाग पनि बस्न दिँदैन ।

२. मह जलनबाट राहत पाउनका लागि एकदम राम्रो घरेलु औषधि हो । यसमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुनेहुनाले महमा त्रिफला मिसाएर पेस्ट बनाएर पोलेको ठाउँमा लगाउनाले राहत महसुस हुन्छ ।

३. पोलेको स्थानमा कम्तीमा दुई वा तीन पटक बेसारमा थोरै पानी मिसाएर लगाउने हो भने जलन ठिक हुनुका साथै घाउको दाग समेत बस्दैन ।

४. तुलसीको रस लगाउँदा पोलेको ठाउँमा निकै राहत महसुस हुन्छ । यसले जलन कम गर्छ र दाग पनि सजिलै मेटाउँछ ।

प्रतिक्रिया दिनुहोस