काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने बताएकी छिन् ।
‘टिकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिने कुरा आम सञ्चारमाध्यममा आइरहेको छ’ संसद्मा बोल्दै पौडेलले भनिन्, ‘टीकापुरमा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको थियो । यो अत्यन्त बर्बर, अमानवीय र जर्जर हत्या थियो । यसलाई राजनीतिक भनेर माफी दिनु सही हुनसक्दैन ।’
सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने उनले बताइन् । ‘विभिन्न पक्षले यसलाई राजनीतिक घटनाका रुपमा अघि बढाउनुपर्छ भनेका छन् । सरकार गठनकै लागि माफी दिन तत्परता देखाइएको हो भने त्यो अराजनीतिक र सिद्धान्तहीन सौदाबाजी हो । त्यसलाई सही भन्न मिल्दैन’ उनले भनिन्, ‘यसो भएमा कानून र न्यायको अवहेलना हुनेछ । देशमा अत्यन्त नराम्रो नजिर पनि स्थापित हुनेछ ।’
थारु समुदाय सदियौंदेखि उत्पीडित हुँदै आएकाले यस समुदायको मुक्ति आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताइन् । ‘थारूमाथि सदियौंदेखि उत्पीडन हुँदै आएको छ । यस समुदायको मुक्ति आन्दोलनलाई समर्थन गर्दछौं । तर, २ वर्षको नाबालकलाई जसरी हत्या गरिएको छ । त्यो जघन्य अपराध हो र त्यसलाई थारु मुक्ति आन्दोलनसँग जोड्नु न्याय संगत हुँदैन ।’
सांसद् पौडेलले घटनाका जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने बताइन् । यस मुद्दालाई गम्भिरतापूर्वक हेर्न उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी