काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने बताएकी छिन् ।
‘टिकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिने कुरा आम सञ्चारमाध्यममा आइरहेको छ’ संसद्मा बोल्दै पौडेलले भनिन्, ‘टीकापुरमा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको थियो । यो अत्यन्त बर्बर, अमानवीय र जर्जर हत्या थियो । यसलाई राजनीतिक भनेर माफी दिनु सही हुनसक्दैन ।’
सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने उनले बताइन् । ‘विभिन्न पक्षले यसलाई राजनीतिक घटनाका रुपमा अघि बढाउनुपर्छ भनेका छन् । सरकार गठनकै लागि माफी दिन तत्परता देखाइएको हो भने त्यो अराजनीतिक र सिद्धान्तहीन सौदाबाजी हो । त्यसलाई सही भन्न मिल्दैन’ उनले भनिन्, ‘यसो भएमा कानून र न्यायको अवहेलना हुनेछ । देशमा अत्यन्त नराम्रो नजिर पनि स्थापित हुनेछ ।’
थारु समुदाय सदियौंदेखि उत्पीडित हुँदै आएकाले यस समुदायको मुक्ति आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताइन् । ‘थारूमाथि सदियौंदेखि उत्पीडन हुँदै आएको छ । यस समुदायको मुक्ति आन्दोलनलाई समर्थन गर्दछौं । तर, २ वर्षको नाबालकलाई जसरी हत्या गरिएको छ । त्यो जघन्य अपराध हो र त्यसलाई थारु मुक्ति आन्दोलनसँग जोड्नु न्याय संगत हुँदैन ।’
सांसद् पौडेलले घटनाका जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने बताइन् । यस मुद्दालाई गम्भिरतापूर्वक हेर्न उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई प्रहरीले मात्र समाउन सक्ला रेशम चौधरी ?