घाँस काट्न गएका किशोरी सहित ८ बालिका बेपत्ता

पत्रपत्रिकाबाट

बुधबार, १८ चैत्र २०७७, ०७ : ५३
घाँस काट्न गएका किशोरी सहित ८ बालिका बेपत्ता

जनकपुर । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएका छन् ।

CG Developers Tansen Cement box

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।

‘उनीहरू सधैं ग्रुपमै घाँस काट्न जान्थे, साँझसम्म फर्किहाल्थे तर अबेरसम्म नफर्केपछि खोजतलासमा जुट्यौं । प्रहरीलाई पनि जानकारी गराएका छौं,’ ज्योतिका बुबा विष्णु पासवानले भने, ‘घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टिको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानीयले देखेका रहेछन् ।’उनीहरू बेपत्ता भएको खबरले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू खोजीमा जुटेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए । कान्तिपुर दैनिकमा खबर छ ।