काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज उक्त अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “नियमावलीको व्यवस्थाअनुसार योग्यताक्रमको सूची पुनः प्रकाशित गरी हाल स्थगित म्याचिङमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर प्रदान गरी म्याचिङसम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु ।”
आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा नियमाली, २०७७ को नियम १६ र अनुसूची ५ बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरेबापत के कति अङ्क प्रदान गर्नुपर्ने हो हेरी निजहरुलाई त्यसको व्यवस्था गर्न समेत भनिएको छ ।
चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहका विद्यार्थीले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले जारी गरेको आदेशमा आयोगले अब रद्द गरिएका विद्यार्थीले पेश गरेको कागजपत्र पुनः अध्ययन गरेर आयोगलाई नियमावली बमोजिम अङ्क पाउने भएमा अङ्क प्रदान गरेर पुनःयोग्यताक्रमको सूची सार्वजनिक गर्नुपर्ने पर्नेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १६ चैत्र २०७७, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार