स्वास्थ्य मन्त्रालयले गर्यो १५ सय २० स्वास्थ्यकर्मीको समायोजन मिलान

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, १३ : ५१
स्वास्थ्य मन्त्रालयले गर्यो १५ सय २० स्वास्थ्यकर्मीको समायोजन  मिलान

काठमाडौं । स्वास्थ्य मन्त्रालयले १ हजार ५ सय २० स्वास्थ्यकर्मीहरूको समायोजन मिलान गरेको छ ।कर्मचारी समायोजनका क्रममा चित्त नबुझेका, फाजिलमा परेकाहरूलाई समायोजन मिलानका लागि मन्त्रालयले अनलाइनबाट आवेदन मागेको थियो ।

स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम निवेदन मागिएकोमा प्रक्रिया पुगेकाहरूको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ । करिब २ हजार ५ सयजनाले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस