सरकारलाई डा. केसीको यस्तो चेतावनी

पत्रपत्रिकाबाट

बुधबार, १४ चैत्र २०७४, ०७ : ५४
सरकारलाई डा. केसीको यस्तो चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश ततकाल संसदमा पेस नगरे पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।

सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश संसदमा पेस गरे पनि चिकित्सा शिक्षा अध्यादेश अगाडि नबढाएपछि केसीलगायत सरोकारवाला सशंकित छन् ।

संविधानले तोकेको समयसीमा घर्किँदै गएका बेला सरकारले चिकित्सा शिक्षा अध्यादेशका सम्बन्धमा मौनता साधेपछि यसबारे आशंका उब्जिएको केसीले बताए । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

डा. केसीले भने,
-स्वास्थ्य प्राणालीमा सुधारका लागि कानुन बनाउन माग गर्दै म पाँच पटक सत्याग्रह बसिसकेको छु ।
-यसमा तल माथि गर्न दिइने छैन । अझै पनि समस्या छ ।
-सरकारले यसलाई रोकतोक नगरी संसदमा पेस गरोस् । संसदले अनुमोदन पनि गरोस् ।

प्रतिक्रिया दिनुहोस