१४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत

पत्रपत्रिकाबाट

बुधबार, १४ चैत्र २०७४, ०७ : ३९
१४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत

विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । 
फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोप लागेको छ । 
किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भनेपछि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो । छोरीका बारेमा बुझ्न खोज्दा ठटालले कहिले विभिन्न प्रलोभन देखाउँदै त कहिले धम्क्याउँदै आएको पीडितका बुवाले बताए । 
ठटालले गर्भपतन गराउन किशोरी र उनका बुवालाई फिदिम ल्याएको खुलेको छ । उनले किशोरीलाई मंगलबार जिल्ला अस्पाल पुर्याएका थिए । म पुगेपछि अस्पतालमा हल्लाखल्ला भयो अनि घटनाले ब्यापक रुप लिएको हो, पीडितका बुवाले भने ।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस