४० वटा विद्युतीय बस खरिद प्रक्रिया सुरु

पत्रपत्रिकाबाट

आइतबार, १५ चैत्र २०७७, ०८ : ३१
४० वटा विद्युतीय बस खरिद प्रक्रिया सुरु

विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस  खरिदका  लागि  विश्वव्यापी  बोलपत्र  गरेपछि  प्रक्रिया  सुरु  भएको  हो  ।  

साझाले  शुक्रबार  ४५  दिने  बोलपत्र जारी गरी प्रक्रिया अघि बढाएको हो । नौ  मिटर  लम्बाइका  २६  सिटे  ४०  वटा  बस  खरिदका  लागि  बोलपत्र  आह्वान  गरिएको  साझा  यातायात   सञ्चालक   समितिका   सदस्य   भूषण   तुलाधरले  जानकारी  दिए । 

उनका  अनुसार  ४५  दिनपछि  प्रस्तावहरूको  मूल्याङ्कन  गरी  छिट्टै  सम्झौता गरिने छ । करिब छ÷सात महिना बस निर्माण गर्न  लाग्ने  छ  ।

 ढुवानीलगायतको  समय  राख्दा  एक  वर्षभित्र बस सञ्चालन गर्न सकिने साझा यातायातले जनाएको छ । २०७५  पुसमा  तीन  सयवटा  विद्युुतीय  बस  सरकारी  लगानीमा  किन्ने  निर्णय  भएको  थियो  ।

प्रतिक्रिया दिनुहोस